काठमाडौं : कोरोना भाइरसको महामारीका बीच चैत महिनामा ३२ हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । नेपाली कामदार जाने प्रमुख गन्तव्यहरुमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण आक्रामकरुपमा फैलिरहेको भएपनि चैत महिनामा विश्वका ७३ देशमा रोजगारीका लागि नेपालीहरु पुगेका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार चैत महिनामा ३० हजार ३५ जना पुरुष र २ हजार १ सय ७ जना महिला गरी जम्मा ३२ हजार एक सय ४२ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यसमा संस्थागत अर्थात म्यानपावर कम्पनीमार्फत १३ हजार ७ सय ४ जना गएका छन् । व्यक्तिगत प्रयासमा पहिलो पटक जाने कामदारको संख्या ७ सय ४७ रहेको छ । एक पटक विदेश गएर बिदामा घर आएर पुनः रोजगारीमा जानेको संख्या १६ हजार ६ सय ६ रहेको छ ।
चैत महिनामा म्यानपावर कम्पनीबाट ६ हजार १ सय २१ जना र रिइन्ट्री र वैधानिकीकरणका माध्यमबाट गरी चैत महिनामा १० हजार ३ सय ७६ जना साउदी अरब गएका छन् । यस्तै म्यानपावर कम्पनी मार्फत गएका ४ हजार ८ सय २१ सहित कतारमा ९ हजार ७ सय ४३ र म्यानपावर कम्पनी मार्फत गएका ६ सय ३३ जना सहित यूएईमा ७ हजार २ सय १ जना गएका छन् ।
चैत महिनामा साउदी अरब, कतार, यूएई, जापान, रोमानिया, ओमान, मरिसस, जोर्डन लगायतका मुलुकबाट २९ हजार ५ सय ८१ जनाको डिमाण्डमा पूर्व स्वीकृति भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies