२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बाणगंगा-६ को सार्वजनिक सुनुवाइ : वडावासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने प्रतिबद्धता

ADV
क्षितिज किरण
२०८१ असार २५ गते २०:१५
बाणगंगा-६ को सार्वजनिक सुनुवाइ : वडावासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने प्रतिबद्धता

कपिलवस्तु : कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ६ को सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । वडाले हालसम्म सम्पादन गरेका कामको प्रभावकारिता तथा नागरिकको सुझाव र गुनासो सुनुवाइ गर्ने उद्देश्यका साथ सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको हो । 

कार्यक्रममा वडा अध्यक्ष करुण टन्डनले वर्ष भरीको प्रगती विवरण सुनाउँदै वडाको समग्र पूर्वाधार निर्माण, सामाजिक विकासका कार्यक्रम, वाणगंगा ६ का योजनाबाट समृद्ध वडा निर्माणमा उल्लेखनीय उपलब्धी हासिल भएको बताए ।

कार्यक्रममार्फत उनले चालु आर्थिक वर्षको साउनयता भएका सम्पूर्ण योजना, कार्यक्रम तथा गतिविधिहरुको विस्तृत विवरण पेश गरेका थिए ।

सागर वि.क ले सञ्चालन गरेको उक्त कार्यक्रममा नागरिक गुनासो तथा सुझाव खण्डमा सहभागी वडावासीहरुले आफ्नो राय व्यक्त गर्दै वडाको कामप्रति आफुहरु निकै सन्तुष्टि भएको बताएका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै वडाअध्यक्ष टण्डनले भने, ‘वडाअध्यक्ष जनताको सेवक हो । जनताको सेवालाई नै मैले धर्म ठानेको छु । गफ गर्न होइन् काम गर्न आएको हुँ ।’ उनले विगतको वर्षमा आफु बामे सर्दै अघि बढेको भन्दै अहिले आफु दौड्न सक्ने भएको बताए ।

उनले बाणगंगा नगरपालिका बालमैत्री पालिका घोषणा भएपनि व्यवहारिक रुपमा लागु हुन नसकेको बताए । उनले महिलाहरुमा सीप र क्षमता अभिवृद्धि गर्ने कार्यक्रमलाई वडाले अघि बढाएको बताए । उनले ठोस परिणाम नदेखिने तथा उपलब्धि नहुने कार्यक्रम वडाले नगर्ने स्पष्ट पारे । उनले वडामा सबैलाई समान रुपले समेटेर अघि बढेको दाबी गरे । उनले वडाका हरेक गतिविधिमा सबैको समान सहभागिता होस् भन्ने आफ्नो चाहना रहेको सुनाए । वडाको आफु अभिभावक भएकाले सबै वडावासी समान रहेको उनको भनाइ छ ।

उनले जेष्ठ नागरिकहरुको लागि विगतको वर्षमा वडाले भजनकृतनका सामग्री वितरण गरिएको स्मरण गरे । टिनको छानो मुक्त घर निर्माण गर्न वडा लागि परेको बताए । उनले आवश्यकता अनुसार टिन वितरण गर्दै आएको जानकारी दिए । 

उनले वडाका केही क्षेत्रमा खानेपानीको समस्या रहेको स्वीकार गर्दै वडावासीलाई स्वच्छ  उनले अबको ‘घ’ वर्षमा खानेपानीको समस्याको अन्त्य हुने दाबी गरे । उनले शिक्षकहरुको माग अनुसार यस वर्ष बजेट विनियोजन गरेको जानकारी गराए । उनले विद्यार्थीहरुको शैक्षिक उपलब्धी स्तरवृद्धि गर्न आफु सदैव प्रयासरत रहेको बताए । उनले सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुको साटो विनास गरिरहेको भन्दै सबैमा चेतनाको वृद्धि हुन आवश्यक रहेको बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise