काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ उपराष्ट्रपति हान चेङबीच भेटवार्ता भएको छ । शनिबार चीनको गान्सुमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ उपराष्ट्रपति हान चेङबीच भेटवार्ता भएको हो ।
भ्रमणमा रहेकी पूर्वराष्ट्रपति भण्डारी उपराष्ट्रपति हान चेङबीच भेटवार्ता गरेको यो भेट सबैभन्दा महत्त्वपूर्ण भेट रहेको बताइएको छ । भण्डारी गत जेठ १० गतेदेखि चीन भ्रमणमा छिन् । भ्रमण टोलीमा एमाले नेताहरू मात्र सामेल छन् ।