२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

नमूना भेटेरिनरी अस्पताल निर्माण सुस्त गतिमा 

shivam cement
२०८२ जेठ १८ गते ०८:१०
Shares
नमूना भेटेरिनरी अस्पताल निर्माण सुस्त गतिमा 

तनहुँ : व्यास नगरपालिका–३ दमौलीस्थित ‘नमूना भेटेरिनरी अस्पताल’ भवन निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । अठार महिनामा पूरा गर्नेगरी २०७८ भदौमा सम्झौता भए पनि उक्त भवन अझै निर्माण सम्पन्न हुन सकेको छैन । 

निर्माण कम्पनीले ढिलासुस्ती गरेका कारण सम्झौताअनुरूप काम सम्पन्न हुन नसकेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । गण्डकी प्रदेश सरकारबाट पहिलो चरणमा कास्की र तनहुँमा नमूना भेटेरिनरी अस्पताल निर्माणका लागि छनोट गरेको थियो । एकैसाथ निर्माण कार्य थालेको  कास्कीको नमूना अस्पताल निर्माण सम्पन्नपछि सेवा प्रवाह दिन थालिसकेको छ ।

पहिलोपटकको सम्झौता म्यादभित्र निर्माण कार्य सम्पन्न गर्न नसकेपछि दोस्रो पटक म्याद थप गरिएको प्रमुख वरिष्ठ मत्स्य विकास अधिकृत रविनसन अधिकारीले जानकारी दिए। उनले भने, “उक्त अवधिमा पनि सम्पन्न नभएकाले तेस्रोपटक म्याद थपको प्रक्रिया अघि बढाइएको छ ।” गण्डकी प्रदेश सरकारको रु चार करोड ९० लाख ८३ हजारको लागतमा भवन निर्माण गर्न सम्झौता भएको थियो ।

“हालसम्म ७० प्रतिशत भौतिक र ५२ प्रतिशत वित्तीय काम भएको छ”, कार्यालय प्रमुख अधिकारीले भने । पशुपन्छीपालक किसानलाई सहज रूपमा सेवा प्रवाह गर्न सुविधासम्पन्न भवन निर्माण अघि बढाइएको हो । तनहुँसहित गोरखा र नवलपुर गरी तीन जिल्लाका किसानले यस अस्पतालबाट लाभ लिन सक्ने छन् । अस्पतालमा शल्यक्रिया, थेरापी, सघन उपचार कक्ष, यएसजी सेवा र दुई प्रयोगशालासहित २३ कोठा छन् ।  

ताजा खबर

सम्बन्धित खबर