काठमाडौं : नेपाल राष्ट्र बैंकले २५ प्रतिशतभन्दा कम कर्मचारी राखेर बैंकिङ सेवा दिन बैंकहरु तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
कोरोना संक्रमणदर बढ्दै गएपछि आइतबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सात बुँदे निर्देशन दिएको हो ।
निर्देशनमा कार्यालयमा उपस्थित नभइ कार्य सम्पादन गर्न नसकिने कामका लागि मात्र कर्मचारी बोलाएर काम लगाउन भनिएको छ ।
निषेधाज्ञा जारी भएको स्थानमा केन्द्रिय कार्यालयको हकमा २० प्रतिशतभन्दा कम कर्मचारी र शाखा कार्यालयको हकमा २५ प्रतिशतभन्दा कम कर्मचारी राखेर काम सुचारु गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।
राष्ट्र बैंकले प्रविधिको उच्चतम प्रयोग गर्दै घरबाट काम गराउन समेत जोड दिइएको छ । राष्ट्र बैंकले विद्युतीय माध्यमबाट सेवा प्रदान गर्न समेत निर्देशन दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies