२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन साक्षरता कक्षा सञ्चालन

shivam cement
२०८२ जेठ १८ गते १०:१०
Shares
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन साक्षरता कक्षा सञ्चालन

भोजपुर : वैदेशिक रोजगारलाई सुरक्षित र प्रभावकारी बनाउने विषयमा सचेतना जगाउन यहाँ सुरक्षित आप्रवासन(सामी)कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ ।  

कार्यक्रम संयोजक कर्ण पुलामी मगरले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन जनस्तरसम्म सचेतनाका कार्यक्रम सञ्चालन भइरहेको बताए। विगतमा यहाँका चार वटा स्थानीय तहमा मात्र सञ्चालन भइरहेको कार्यक्रमलाई अब नौवटै स्थानीय तहमा विस्तार गरिएको  छ । 

यहाँका आप्रवासी स्रोत केन्द्रबाट वैदेशिक रोजगारीसम्बन्धी परामर्श, वैदेशिक रोजगारीका सिलसिलामा ठगिएकालाई नि:शुल्क कानुनी सेवाका लागि सहजीकरण, वैदेशिक रोजगारीमा रहँदा अङ्गभङ्ग भएका तथा मृत्यु भएकाहरूलाई क्षतिपूर्तिका लागि पहल गरिदिनेलगायतका काम भइरहेको छ । त्यस्तै विप्रेषणलाई आयमूलक क्षेत्रमा खर्च गर्न वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सञ्चालन गर्नेलगायतका काम भइरहेको जनाइएको छ । 

सरकारको ७० प्रतिशत र स्वीस सरकारको ३० प्रतिशत लागत साझेदारीमा कार्यक्रम सञ्चालन भइरहेको हो । 

वैदेशिक रोजगारलाई सुरक्षित बनाएर आयआर्जनमा वृद्धि गर्दै भविष्यमा सहज जीविकोपार्जनका लागि कार्यक्रमले टेवा पुर्‍याएको भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले बताए। वैदेशिक रोजगार रहर नभएर बाध्यता भएकाले यसलाई सुरक्षित र व्यवस्थित बनाउन आवश्यक रहेको उनको भनाइ छ । 

जिल्लामा रहेको आप्रवासी स्रोत केन्द्रबाट ६७ प्रतिशत पुरुष र ३३ प्रतिशत महिलालाई सुरक्षित वैदेशिक रोजगारसम्बन्धी परामर्श प्रदान गरिएको जनाइएको छ । जिल्लाबाट गत आर्थिक वर्षमा  सात हजार २४२ जना वैदेशिक रोजगारमा गएको तथ्यांक छ ।

ताजा खबर

सम्बन्धित खबर