२०८२ जेठ २० गते मङ्गलवार / Jun 03 , 2025 , Tuesday
२०८२ जेठ २० गते मङ्गलवार
Ads

जाउलाखेलमा देखाइयो रातो मच्छिन्द्रनाथको भोटो

मध्यान्ह
२०८२ जेठ १८ गते १९:१९
जाउलाखेलमा देखाइयो रातो मच्छिन्द्रनाथको भोटो

काठमाडौं : रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शन गरिएको छ । सहकाल र वर्षाका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो आइतबार अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रदर्शन गरिएको हो ।

गुठी संस्थान ललितपुरका प्रतिनिधिले मच्छिन्द्रनाथको रथमा उभिएर भोटो देखाए । भोटो प्रदर्शनीमा राष्ट्रपति पौडेलसहित उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री, मन्त्रीहरू र सरकारी उच्च पदस्थ कर्मचारीहरू सहभागी थिए ।

भोटो प्रदर्शनपछि राष्ट्रपतिसहितका उच्च पदस्थ व्यक्तिहरूले रातो मच्छिन्द्रनाथको टिका र प्रसाद ग्रहण गरे । यो परम्परा करिब ८०० वर्ष पुरानो मानिन्छ ।

भोटो देखाउनुको पछाडि भूतप्रेतलाई खाना चढाउने र वर्षा तथा सहकालको प्रतिकका रूपमा रातो मच्छिन्द्रनाथको पूजा गर्ने विश्वास रहँदै आएको छ ।

मणि माणिक्य जडित भोटोको दर्शनले मानसिक चिन्ता हट्ने, शान्ति मिल्ने र शुभ फल प्राप्त हुने जनविश्वास छ । यस अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको थियो ।

ADV

सम्बन्धित खबर