२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

नेपाली समाज मलेसियाको नयाँ कार्यसमिति चयन

Nada
कृष्ण गुप्ता
२०८२ जेठ १८ गते २०:१६
Shares
नेपाली समाज मलेसियाको नयाँ कार्यसमिति चयन

क्वालालम्पुर : मलेसियाको क्वालालम्पुरमा बसेको नेपाली समाज मलेसियाको विशेष भेलाले नयाँ कार्यसमिति चयन गरेको छ । भेलाले विनोद कुमार यादवको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । 

ncell

समाजको उपाध्यक्षमा पूवराज चौलागाईं, ङावाङ नुरी शेर्पा, महासचिवमा  विप्लवी तेन्जु योन्जन, सचिवमा विक्रम याख्खा, सह–सचिवमा राम प्रवेश राय यादव र उपसचिवमा घुरण ठाकुर चयन भएका छन् ।

No description available.

त्यस्तै सदस्यहरुमा भग नारायण यादव, ब्रम्हदेव साह, श्रीराम मण्डल, खगेन्द्र यादव, सुरेश यादव, राम विनय साह, रन्जित सन्त, कर्णवीर सिंह, दामोदर यादव, उमेश यादव, ललित मान तामाङ, प्रेम मुखिया, मनिष यादव, सुदामा यादव, विपना कार्की, देव साहु सोनार, कमल सिंह तामाङ, शिव शंकर साह, रामशरण यादव र पिताम्बर सरदार चयन भएका छन् ।

जनता समाज पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियाका लागि नेपाली राजदूत डा.नेत्रप्रसाद तिमल्सिना विशिष्ट अतिथि रहेका थिए । 

No description available.

यस्तै कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापा, सेन्टर फर साउथ काठमाडौंका डाइरेक्टर डा.निश्चलनाथ पाण्डे, मधेश प्रदेशसभा सदस्य तथा केन्द्रीय कार्यकारिणी सदस्य राजकुमार गुप्ता (राजु), आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष बिपिन राई, डेमोक्रेटिक एक्सन पार्टीकी अन्तर्राष्ट्रिय सचिव तथा पूर्वसांसद कस्तुरी पट्टो, बुकित गासिङ राज्यसभा सदस्य राजिव रिश्याकरन, सिटी काउन्सिलर पेतालिङ जयाका कुसालिनी महेन्द्रन, डिएपी समाजवादीका युवा उपाध्यक्ष इस्कन्दर फारिज, बंगलादेश नेशनलिष्ट पार्टीका महेबु आलम, एनआरएनए मलेसियाका अध्यक्ष राकेश महतो, एनआरएनए एशिया प्यासिफिक संयोजक हरि प्रसाद भट्टराई र अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व सचिव एवम् एनआरएनए अभियन्ता खगेन्द्र न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमले मलेसियामा बसोबास गर्ने नेपाली समुदायबीच संगठित नेतृत्व र सामाजिक एकतालाई मजबुत बनाएको आयोजकले जनाएको छ । नयाँ कार्यसमितिले प्रवासी नेपालीहरूको हितमा क्रियाशील भएर कार्य गर्ने प्रतिबद्धता जनाएको छ ।

No description available.

ताजा खबर

सम्बन्धित खबर