२०८२ जेठ २० गते मङ्गलवार / Jun 03 , 2025 , Tuesday
२०८२ जेठ २० गते मङ्गलवार
Ads

दरबार हत्याकाण्डको आज २४ वर्ष

२०८२ जेठ १९ गते ०६:१५
दरबार हत्याकाण्डको आज २४ वर्ष

काठमाडौं : तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको राजदरबार हत्याकाण्डको सोमबार २४ वर्ष पूरा भएको छ । 

१९ जेठ २०५८ मा भएको दरबार हत्याकाण्डले यो दिनलाई नेपालको इतिहासमा कालो दिनको रूपमा लिइन्छ । उक्त साँझ नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्रसहित उनको परिवारका रानी ऐश्वर्य, युवराज दीपेन्द्र र नीराजन तथा युवराज्ञी श्रुति शाहसहितको एकै चिहान भएको थियो । 

हत्याकाण्डमा रतत्कालीन राजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरू पनि मारिएका थिए । सो हत्यालाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ‘ग्रयान्ड डिजाइन’को संज्ञा दिएपनि अहिलेसम्म हत्या कसले र किन गर्‍यो भन्ने यकिन तथ्य बाहिर आउन सकेको छैन । 

तत्कालीन सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा गठित दरबार हत्याकाण्ड छानबिन आयोगले युवराज दीपेन्द्रले नै राजपरिवारको हत्या गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । तर, सो प्रतिवेदनप्रति आम नागरिकले विश्वास गरेका छैनन् । बरू सो घटनामा पूर्वराजा ज्ञानेन्द्र शासकै हात रहेको आरोप लाग्दै आएको छ । राजा वीरेन्द्रको हत्यापश्चात उनका माइला भाइ ज्ञानेन्द्र राजा बनेका थिए । हत्याकाण्डको ७ वर्षपछि अर्थात् १५ जेठ २०६५मा मुलुकबाट राजतन्त्र समाप्तिको घोषणासँगै उनी नै नेपालको इतिहासमा अन्तिम राजा बनेका छन् । 

राजगद्दी छाडेको १७ वर्षपछि अन्तिम राजा ज्ञानेन्द्रले फेरि फर्कनसक्ने सन्देशसहित चलखेल बढाएका छन् ।
 


 

ADV

ताजा खबर

सम्बन्धित खबर