२०८२ जेठ २२ गते बिहिवार / Jun 05 , 2025 , Thursday
२०८२ जेठ २२ गते बिहिवार
Ads

यस्तो रहनेछ आजको मौसम

मध्यान्ह
२०८२ जेठ २० गते ०८:३४
यस्तो रहनेछ आजको मौसम

काठमाडौँ : देशका केही भू-भागमा आज वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विभागका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहनेछ ।

कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  छ । कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च-पहाडी तथा हिमाली भू-भागका ‍ थोरै स्थानहरूमा तथा बाँकी उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ ।

आज राती देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश प्रदेश लगायत बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ ।

ADV

सम्बन्धित खबर