२०८२ जेठ २२ गते बिहिवार / Jun 05 , 2025 , Thursday
२०८२ जेठ २२ गते बिहिवार
Ads

सदनको गतिरोध हटाउन सभामुखले थाले चार दलसँग छलफल 

मध्यान्ह
२०८२ जेठ २० गते १३:०१
सदनको गतिरोध हटाउन सभामुखले थाले चार दलसँग छलफल 

काठमाडौंः सदनको गतिरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख चार दलसँग छलफल थालेका छन् ।

गृहमन्त्रीको राजीमाना माग्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले लगातार सदनमा अवरोध गरिरहेका छन् । सोही विषयमा सभामुख घिमिरेले प्रमुख चार दलका प्रमुख सचेतकहरूसँग संयुक्त छलफल थालेका हुन् । 

संयुक्त छलफल अघि उनले छुट्टाछुट्टै छलफल पनि गरेका थिए । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीसमेत जोडिएको भन्दै विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका छन् ।

ADV

सम्बन्धित खबर