२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित 

Nada
२०८२ जेठ २० गते १५:०३
Shares
प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित 

काठमाडौंः प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । भोलि दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित भएको हो । 

ncell

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै संसद अवरोध गर्दै आएका थिए। यसैबीच बैठक दिउँसो २ बजे बस्नेगरी सुरुमा स्थगित भएको थियो ।

संसदको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले प्रमुख चार दलका प्रमुख सचेतकहरूसँग संयुक्त छलफल पनि गरे । तर सत्तापक्ष र प्रतिपक्षीबीच सहमति जुट्न नसकेका कारण प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको हो।

सम्बन्धित खबर