काठमाडौंः काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु जोशीले पाएका छन् ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले राजुनाथ पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेसँगै जोशीलाई नगर प्रहरी प्रमुखको जिम्मेवारी दिइएको हो ।
गुरागाईँले आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्याएको विषयमा पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । पाण्डेले दिएकाे स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनलाई निलम्बन गरिएको जनाइएको छ ।