बुटवल : नेपाली युवा उद्यमी मञ्च रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ । कोटिहवामा भएको ९औं साधारणसभा तथा अविधेशनबाट आदर्श श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो । मञ्चको प्रथम उपाध्यक्षमा अनिश कशौधन, द्वितीय उपाध्यक्षमा सुमन बस्याल चयन भएका छन् ।
यस्तै सदस्यहरुमा प्रतिक कसजु, सुमित श्रेष्ठ, बिराट जोशी, सुमित ओझा, मञ्जील विके, अमन श्रेष्ठ, मन्दीप अमात्य, अनुभवमान सैजु, राहुल कसौधन चयन भएका छन् । कार्यक्रममा उत्कृष्ट योगदान र सक्रिय सहभागीतालाई कदर गर्दे विभिन्न सदस्यहरुलाई सम्मान गरिएको थियो । जसमा सबैभन्दा बढी कार्यक्रममा उपस्थित हुने सदस्य अनुभव श्रेष्ठ,नयाँ सदस्य पुरस्कार शान्तम थैबा, इसिएस निउवयट पावर हाउस अमन श्रेष्ठका साथै विभिन्न विधामा उत्कृष्ट हुने सदस्य मनिश श्रेष्ठ, संम्यक बज्राचार्य, प्रतिक पहारीलाई विशेष सम्मान गरिएको छ । यस्तै अधिवेशनले योङ्ग इन्टरपेनेयर्स समिट कोअर्डीनेटर प्रविना घिमिरे, स्पोट्स कोअर्डीनेटर सुमित श्रेष्ठ, नेशनल लिडरसीप कन्फ्रेन्स कोअर्डीनेटर अनिश कशौधनलाई नियुक्ति गरेको छ ।
साधारणसभा तथा अधिवेशनमा बोल्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले युवाहरुले स्वदेशमा नै उद्यमशिलता प्रवद्र्धनको लागि गरेको कार्य आफैँमा महत्वपूर्ण भएको बताउँदै यसलाई निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय गभर्निङ्ग काउन्सीलका अध्यक्ष कुशल सुन्दर श्रेष्ठ, संरक्षक संस्था बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य उज्वल कसजु, नेपाली युवा उद्यमी मञ्च ललितपुरका अध्यक्ष नीतु श्रेष्ठ, लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलम, सीएसीसीआइका प्रतिनिधि नेत्र आचार्य, सीएनवाइइएफ लुम्बिनी अध्यक्ष रोशज कसजु लगायतको आतिथ्यता रहेको थियो ।