२०८२ जेठ २३ गते शुक्रवार / Jun 06 , 2025 , Friday
२०८२ जेठ २३ गते शुक्रवार
Ads

संघीय संसदका दुवै सदनको बैठक बस्दै

मध्यान्ह
२०८२ जेठ २१ गते ०७:०९
संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौँ : संघीय संसदको दुवै सदनको बैठक आज बस्ने भएको छ ।

प्रतिनिधि सभाको बैठक आज अपराह्न १:०० बजे बस्नेछ । आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने र प्रस्तावमाथि छलफल हुने कार्यसूची छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नेछन् ।

राष्ट्रिय सभाको बैठक अपराह्न १:१५ बजे बस्नेछ । सो बैठकमा पनि अर्थमन्त्री पौडेलले राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछन्  र सो प्रस्तावमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर