काठमाडौं : कोरोना भाइरसको दोश्रो लहरले नेपाल वैदेशिक रोजगार व्यवसायको नेतृत्व पंक्तिका व्यवसायीहरुलाई संक्रमित बनाएको छ । हालसम्म संघका अध्यक्ष विष्णुप्रसाद गैरे, पुर्व अध्यक्षहरु बलबहादुर तामाङ, विमल ढकाल, पूर्व प्रथम उपाध्यक्ष हरि बहादुर थापा, पूर्व तृतीय उपाध्यक्ष मुक्तिनाथ अधिकारी, पूर्व महासचिव नरेश गेलाल, सल्लाहकार प्रज्ञान न्यौपानेलगायत नेतृत्वतहका व्यवसायीहरु संक्रमित भएको सार्वजनिक भएको छ ।
अन्य केही व्यवसायीहरुपनि संक्रमित भएको आँकलन गरिएको छ । अघिल्लो पटक धेरै व्यवसायीहरु संक्रमित भएपनि उनीहरुले आफु संक्रमित भएको धेरै पछिमात्र खुलासा गरेका थिए । नेतृत्व पंक्तिका व्यवसायीहरु संक्रमित भएर उपचार र आइसोलेनसमा बसेपछि म्यानपावर कम्पनी नवीकरणको लागि तगारोका रुपमा रहेको संख्या सय समस्या समाधानको लागि दौडधुप रोकिएको छ ।
ऋणधनसहित करोडौं रुपैयाँ लगानी गरेर वैदेशिक रोजगार गर्न ईजाजतपत्र लिएका व्यवसायीहरु आर्थिक वर्ष सकिन करिब दुई महिना बाँकी रहँदा वैदेशिक रोजगार ऐन र नियमावलीले तोकेको प्रक्रिया पूरा भई ईजाजतपत्र नवीकरण नहुने हो कि भन्ने त्रासमा देखिएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies