काठमाडौँ : गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम बुधवार प्रदेश सभामा सार्वजनिक हुँदैछ । गण्डकी प्रदेश सरकारले आजको बैठकमा आठौँ नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले दिउँसो १ बजे प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ । प्रदेश सरकारले अगामी असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । बजेट आउनु पूर्व सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।