२०८२ जेठ २३ गते शुक्रवार / Jun 06 , 2025 , Friday
२०८२ जेठ २३ गते शुक्रवार
Ads

भोजपुरको देउराली-भङ्गेरी-पालुवा-गुम्बा सडक स्तरोन्नति

मध्यान्ह
२०८२ जेठ २१ गते १०:३०
भोजपुरको देउराली-भङ्गेरी-पालुवा-गुम्बा सडक स्तरोन्नति

भोजपुर : जिल्लाको देउराली-भङ्गेरी-पालुवा-गुम्बा सडक स्तरोन्नति गरिएको छ । एक करोड ७० लाख लागतमा तीन खण्डमा सडक स्तरोन्नति गरिएको हो ।

भोजपुर नगरपालिका-६ का वडाध्यक्ष शैलेन्द्र कार्कीका अनुसार वडाको प्रयासमा धनकुटास्थित सघन सहरी कार्यालयको रु एक करोड, केन्द्र सरकारको रु ६० लाख र प्रदेश सरकारबाट प्राप्त रु १० लाखमा नौ किलोमिटर देउराली-भङ्गेरी-पालुवा-गुम्बा सडक स्तरोन्नति भएको छ । अब यो सडकमा सहज रूपमा बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सकिने छ । 

“देउराली-भङ्गेरी-पालुवा-सडकखण्डको स्तरोन्नति गरेका छौँ”, वडाध्यक्ष कार्कीले भने । यो भोजपुर सदरमुकामलाई रामप्रसादराई गाउँपालिका र टेम्केमैयुङ गाउँपालिकालाई जोड्ने सबैभन्दा छोटो सडक हो । वडामा सानाठूला गरी १७ वटा सडक रहेकामा सबैको स्तरोन्नति गरिएकाले स्थानीयका घरसम्म एम्बुलेन्सलागयत अत्यावश्यक सवारीसाधन पुग्न सक्ने बनाइएको छ ।  

ADV

सम्बन्धित खबर