२०८२ जेठ २३ गते शुक्रवार / Jun 06 , 2025 , Friday
२०८२ जेठ २३ गते शुक्रवार
Ads

कर्णालीको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

मध्यान्ह
२०८२ जेठ २१ गते ११:१३
कर्णालीको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

काठमाडौँ : कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ । आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत हुने भएको हो ।

सरकारकातर्फबाट सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नीति तथा कार्यक्रम पेस गर्नेछन् । आज दिउँसो ३ बजेको प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते बजेट ल्याउने तयारी सरकारको छ ।

कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी आँखाको उपचारका लागि अमेरिका गएपछि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मियाँले कर्णाली प्रदेश प्रमुखको कार्यभार सम्हालेका थिए ।

ADV

सम्बन्धित खबर