२०८२ जेठ २३ गते शुक्रवार / Jun 06 , 2025 , Friday
२०८२ जेठ २३ गते शुक्रवार
Ads

'ब्रिटिश गोरखा भर्ती र एनआरएनलाई नागरिकता दिने विषयमा सरकारले स्पष्ट धारणा बनाओस्'

मध्यान्ह
२०८२ जेठ २१ गते १२:०३
'ब्रिटिश गोरखा भर्ती र एनआरएनलाई नागरिकता दिने विषयमा सरकारले स्पष्ट धारणा बनाओस्'

काठमाडौं : राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ब्रिटिश गोरखामा भर्ती भएका नेपाली नागरिक र गैरआवासीय नेपाली नागरिकलाई नागरिकता दिने कुरामा सरकारले स्पष्ट धारणा बनाउनुपर्ने बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ब्रिटिश गोरखा र एनआरएनएहरुलाई नागरिकता दिने विषयमा स्पष्ट धारणा सरकारले बनाउनुपर्ने बताए ।

उनले नेपाली नागरिक अनागरिक नहुन् भन्ने सबैको चाहना रहेको र विदेशी नागरिकहरुलाई नेपालको नागरिकता दिनेकुरा सस्तो बनाउन नहुने बताए । 

सभापति खतिवडाले भने, ‘हाम्रो चाहना पनि नेपाली नागरिक अनागरिक नहुन्, अन्य विदेशीहरुलाई खुला पनि नगरौं । हामी सबैको चाहना पनि त्यही हो । त्यही धाराणासाथ त्यो विधेयक अघि बढाउने प्रयास गरेका छौं । हामी चाहे ब्रिटिश गोरखाका नेपाली नागरिक वा एनआरएनए नेपाली हौं । उहाँहरुको समस्या समाधान गर्न पनि सरकार अघि बढोस् । त्यसलाई कसरी समाधान गर्न सकिन्छ, सरकारको एउटा धारणा आओस् ।’

बुधबार नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल भएको छ । बिहीबारबाट दफावार छलफल हुने सभापति खतिवडाले जानकारी दिए ।

ADV

सम्बन्धित खबर