२०८२ जेठ २३ गते शुक्रवार / Jun 06 , 2025 , Friday
२०८२ जेठ २३ गते शुक्रवार
Ads

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो कतारमा

मध्यान्ह
२०८२ जेठ २१ गते १६:०९
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो कतारमा

दोहा, कतार : राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतो मंगलबार साँझ कतार आइपुगेका छन् । अमेरिकाको एक सम्मेलनमा सहभागी भई नेपाल फर्कने क्रममा कतारमा बसोबास गर्ने नेपाली (मधेशी) श्रमिकहरूसँग भेटघाट तथा अन्तरक्रियाका लागि महतो कतार आइपुगेका हुन् ।

महतोको स्वागतका लागि कतारको हमाद विमानस्थलको विशिष्ट कक्षमा नेपाली नियोग कतारका प्रथम सचिव तथा प्रशासन प्रमुख कृष्ण कुमार सुवेदी, समाजका अध्यक्ष शिवकुमार महतो, सामाजिक व्यक्तित्व कलाम हुसेन खान पुगेका थिए । जुन ६ तारिक शुक्रबार मुन्ताजा पार्क नजिकै रहेको गोर्खाली रेस्टुरेन्टको सभा हलमा दिउँसो १ बजेदेखि सञ्चालन हुने कार्यक्रममा सहभागी हुन समाजका अध्यक्ष महतोले कतारवासी नेपालीलाई अनुरोध गरेका छन् ।

इस्लाम धर्मालम्बीहरुको दोस्रो ठूलो पर्व वक्र इद (इद-उल-अज्हा) को शुभकामना आदानप्रदानसहित सम्पन्न हुने कार्यक्रममार्फत प्रवासमा रहेका मधेशीहरू अझ संगठित हुने र मधेशको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने अपेक्षा गरिएको छ । समाजले कतार भरिका सम्पूर्ण मधेशी समुदायलाई सम्मेलनमा सहभागी भई आपसी सहकार्य, संस्कृति र एकताको सन्देश फैलाउन आह्वान गरेको छ । कतारमा महतो चार दिन रहनेछन् ।

ADV

सम्बन्धित खबर