२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो कतारमा

Nada
२०८२ जेठ २१ गते १६:०९
Shares
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो कतारमा

दोहा, कतार : राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतो मंगलबार साँझ कतार आइपुगेका छन् । अमेरिकाको एक सम्मेलनमा सहभागी भई नेपाल फर्कने क्रममा कतारमा बसोबास गर्ने नेपाली (मधेशी) श्रमिकहरूसँग भेटघाट तथा अन्तरक्रियाका लागि महतो कतार आइपुगेका हुन् ।

ncell

महतोको स्वागतका लागि कतारको हमाद विमानस्थलको विशिष्ट कक्षमा नेपाली नियोग कतारका प्रथम सचिव तथा प्रशासन प्रमुख कृष्ण कुमार सुवेदी, समाजका अध्यक्ष शिवकुमार महतो, सामाजिक व्यक्तित्व कलाम हुसेन खान पुगेका थिए । जुन ६ तारिक शुक्रबार मुन्ताजा पार्क नजिकै रहेको गोर्खाली रेस्टुरेन्टको सभा हलमा दिउँसो १ बजेदेखि सञ्चालन हुने कार्यक्रममा सहभागी हुन समाजका अध्यक्ष महतोले कतारवासी नेपालीलाई अनुरोध गरेका छन् ।

इस्लाम धर्मालम्बीहरुको दोस्रो ठूलो पर्व वक्र इद (इद-उल-अज्हा) को शुभकामना आदानप्रदानसहित सम्पन्न हुने कार्यक्रममार्फत प्रवासमा रहेका मधेशीहरू अझ संगठित हुने र मधेशको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने अपेक्षा गरिएको छ । समाजले कतार भरिका सम्पूर्ण मधेशी समुदायलाई सम्मेलनमा सहभागी भई आपसी सहकार्य, संस्कृति र एकताको सन्देश फैलाउन आह्वान गरेको छ । कतारमा महतो चार दिन रहनेछन् ।

सम्बन्धित खबर