काठमाडौं : प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
विपक्षी दलहरूले संसद्मा अवरोध कायमै राख्ने अडान नछाडेपछि प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित भएको हो ।
दिउँसो १ बजेका लागि तोकिएको बैठक सभामुख देवराज घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेपछि दिउँसो सवा ३ बजेसम्मका लागि सारिएको थियो ।
तर विपक्षी दल विशेषगरी नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान छाडेको छैन ।
सहमति नजुटेपछि संसद् सचिवालयले सूचना टाँसेर बिहीबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको हो ।