२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

पूर्वसभामुख अग्नि सापकोटाविरद्ध अनुसन्धानको बाटो खुल्यो

shivam cement
२०८२ जेठ २१ गते १७:२२
Shares
पूर्वसभामुख अग्नि सापकोटाविरद्ध अनुसन्धानको बाटो खुल्यो

काठमाडौं : सर्वोच्च अदालतले पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्धको रिटमा उत्प्रेषणको आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित पाँच जनाको संवैधानिक इजलासले सो आदेश दिएको हो ।

द्वन्द्वकालमा नेकपा माओवादीबाट मारिएका काभ्रेका अर्जुन लामाकी पत्नी पूर्णिमायाले दायर गरेको रिटमा उत्प्रेषण आदेश जारी भएको हो ।

प्रहरीले अनुसन्धान गर्न लागेको मन्त्रिपरिषद्ले तामेलीमा राख्न निर्णय गरेपछि उक्त निर्णयविरुद्ध २०७९ मंसिर ७ गते पूर्णिमायाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

सर्वोच्चले सापकोटाविरुद्ध अनुसन्धान हुने गरी उत्प्रेषणको आदेश जारी गरेको हो ।

ताजा खबर

सम्बन्धित खबर