२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

आज विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइँदै

shivam cement
२०८२ जेठ २२ गते ०७:३४
Shares
आज विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइँदै

काठमाडौँ : आज जुन ५ अर्थात् विश्व वातावरण दिवस । ‘प्लाष्टिक प्रदूषण न्यूनीकरण: हाम्रो दायित्व’ नाराका साथ विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइँदै छ । देशका विभिन्न स्थानमा पनि यो दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ ।

संयुक्त राष्ट्रसंघले आह्वान गरेबमोजिम सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो । आज दक्षिण कोरियामा विशेष कार्यक्रमका साथ यो दिवस मनाइने संयुक्त राष्ट्रसंघले जनाएको छ ।      

राष्ट्रसंघका अनुसार हरेक वर्ष पृथ्वीमा ४० करोड टन प्लाष्टिकजन्य फोहर उत्पादन हुने गरेको, उत्पादित त्यस्तो फोहरमध्ये त्यसको १० प्रतिशत मात्र पुनः प्रयोग हुने तथा एक करोड १० लाख टन प्लाष्टिक नदी, तलाउ र महासागरमा बिसर्जन हुने गरेको छ ।

आज गैर कानुनी रूपमा माछामार्नेविरुद्धको संघर्ष दिवस पनि हो । राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ)को आह्वानमा सन् २०१७ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।

दिगो विकासका लक्ष्य हासिल गर्न गैर कानुनी रूपमा माछा मार्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा  एफएओको जोड छ । यसरी हरेक वर्ष एक करोड १० लाख देखि दुई करोड ६० टन माछा मारिँदा अर्बौँ डलर हानि हुने गरेको एफएओले जनाएको छ ।

सम्बन्धित खबर