२०८२ जेठ २३ गते शुक्रवार / Jun 06 , 2025 , Friday
२०८२ जेठ २३ गते शुक्रवार
Ads

मध्यपहाडी लोकमार्गको मोदी खोलामा पुल निर्माण सुरु

मध्यान्ह
२०८२ जेठ २२ गते ०९:१३
मध्यपहाडी लोकमार्गको मोदी खोलामा पुल निर्माण सुरु

पर्वत : पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदी खोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । 

राजमार्गको पर्वत खण्ड कालोपत्र गरी सम्पन्न भएको दुई वर्षपछि पुल निर्माण हुन लागेको हो ।  मोदी गाउँपालिका–२ पातीचौर–६ डिमुवा जोड्ने गरी पुल निर्माण हुन लागेको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । 

आयोजनाका इञ्जिनियर कल्पना मिश्रका अनुसार आर्क ब्रिज निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पुल विभागबाट स्वीकृत भएको छ । पुल निर्माण हुने स्थानमा रहेका विद्युत्का उपकरण हटाउने काम भइरहेको इञ्जिनियर मिश्रले जानकारी दिए। बैसठ्ठी मिटर लामो र ११ मिटर चौडा पुल निर्माणका निम्ति रु. सात करोड ५० लाखमा ठेक्का सम्झौता भइसकेको छ ।

ADV

सम्बन्धित खबर