एजेन्सी : अरब सागरमा बनेको चक्रवातले भारतमा विध्वंस मच्चाउन थालेको छ । आज यसले अझ भयंकर रूप लिने खतरा बढेको त्यहाँका मौसमविद्ले अनुमान गरेका छन् ।
यसको गति तीव्र बन्दै गएको र सोमबारसम्म प्रतिघण्टा १६० किलोमिटर हुन सक्ने मौसमविदको अनुमान छ । भारतीय सञ्चारमाध्यमका अनुसार चक्रवात प्रभावित धेरै क्षेत्रमा तीव्र गतिमा आँधीसहित ठूलो वर्षा भइरहेको छ ।
केरलको एर्नाकुलम र कोझिकोड जिल्लामा आँधीका कारण २ जनाको मृत्युसमेत भइसकेको छ । २ हजार मानिस विस्थापित भएका छन् । केरल राज्यका मुख्यमन्त्री पिनाराई विजयनले चक्रवातका कारण विद्युत् र कृषि क्षेत्रमा ठूलो नोक्सान भएको बताएका छन् ।
भारतका मौसमविद्का अनुसार अरब सागरमा बनेको सामुद्रिक आँधी (चक्रवात) उत्तरतर्फ अघि बढिरहेको छ र गोवाको पन्जिमदेखि लगभग २५० किलोमिटर दक्षिण–पश्चिम र मुम्बईदेखि ६२० किलोमिटर दक्षिण–दक्षिण–पश्चिम पुगेको छ ।
चक्रवातका कारण तमिलनाडुका तटीय जिल्ला र लक्षद्वीप टापुका क्षेत्रमा पनि ठूलो वर्षा भइरहेको छ । त्यसको प्रभाव नेपालमा पनि पर्ने देखिएको छ । विश्लेषणअनुसार मंगलबार र बुधबार देशको पश्चिमी भेगमा हल्कादेखि मध्यम वर्षाका साथै हावाहुरी पनि चल्ने सम्भावना छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies