२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सत्ताको चाबी कांग्रेसले बोक्नुपर्छः शेखर कोइराला

Nada
२०८२ जेठ २४ गते ११:०७
Shares
सत्ताको चाबी कांग्रेसले बोक्नुपर्छः शेखर कोइराला

काठमाडौंः नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले कांग्रेसले सत्ताको नेतृत्व गर्नुपर्ने बताएका छन् ।

ncell

भक्तपुरमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देश अफ्ठ्यारो परिस्थितिमा गएको र नेपाली कांग्रेस मध्यममार्गी पार्टी भएकाले सत्ताको चाबी आफूसँग खोस्नुपर्ने बेला भइसकेको टिप्पणी गरे । उनले कुनैपनि देशमा मध्यममार्गी पार्टी कमजोर भए देश अराजकतातिर जाने जिकिर गरे । नेपाली कांग्रेस सरकारमा रहेको तर सत्ताको चाबी वामपन्थीहरुसँग रहेको भन्दै सत्ताको चाबी कांग्रेसले खोल्नुपर्ने बताए । कांग्रेसको भविष्यको प्रतिष्पर्धी नेकपा एमाले भएकाले एमालेले गरेका नराम्रा कामहरु नागरिक समक्ष लैजानुपर्ने बताए । 

सांसद कोइरालाले भने, ‘अत्यन्तै अफ्ठ्यारो परिस्थितिमा देश गइरहेको छ । नेपाली कांग्रेस एउटा मध्यममार्गी पार्टी हो । हामी दक्षिणपन्थी पनि होइन र वामपन्थी पनि होइन । उग्रवामपन्थीको त कुरै भएन । कुनैपनि देशमा मध्यममार्गी पार्टी कमजोर भयो, खुम्चियो भने देश अराजकतातिर जान्छ । त्यो बुझौँ । त्यो अराजकता रोक्न नेपाली कांग्रेसले मात्रै सक्छ । सरकार र सत्ता फरक कुराहरु हुन् । हामी सरकारमा छौँ । नेपाली कांग्रेस सरकारमा छ । तर सत्ताको चाबी हामीसित छैन । यसको अर्थ तपाईंहरु आफैँ लगाउनुस् । सत्ताको चाबी वामपन्थीसँग छ । त्यसलाई कसरी हामीले खोल्ने रु चाबी खोल्नुपर्‍यो नि त । साथीहरुले भन्नुहुन्छ, किन तिमी यसरी बोल्छौँ । भोलिको प्रतिष्पर्धी एमाले हो । उसले गलत  काम गरेको छ  भने गलतलाई गलत र सहीलाई सही भन्नसकौँ । नेपाली कांग्रेसका कार्यकर्ताहरुले गलतलाई गलत भन्न सकेनन् भने ति कार्यकर्ता नेपाली कांग्रेसका कार्यकर्ता होइनन् ।’

सांसद कोइरालाले कतार, दुबईहरु बनाउने नेपालीहरुले नेपाल बनाउन नसक्ने भन्ने नहुने बताए। उनले नेपाललाई नेपाल बनाउनुपर्ने बताए । 

 

सम्बन्धित खबर