२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

कांग्रेसको नेतृत्वमा सरकार बन्छ, हामी सहभागी हुन्छौं : प्रधानमन्त्री ओली

Nada
२०८२ जेठ २५ गते १६:५१
Shares
कांग्रेसको नेतृत्वमा सरकार बन्छ, हामी सहभागी हुन्छौं : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले १३ महिनापछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने र त्यसमा एमाले पनि सामेल हुने बताएका छन् ।

ncell

अनेरास्ववियूको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘आज हामी सरकारको नेतृत्व गरिरहेका छौँ, कुनैकुनै समय नेतृत्वमा हुँदैनौँ ।’ प्रधानमन्त्री ओलीले १३ महिनापछि फेरि नेपाली कांग्रेसलाई नेतृत्व सुम्पिने बताउँदै त्यो सरकारमा एमाले पनि सहभागी हुने स्पष्ट पारे ।

उनले भने, ‘हामी नेतृत्व सुम्पिन्छौँ र सरकारमा सामेल रहन्छौँ ।’ एमालेको उद्देश्य मिसन ८४ रहेको प्रधानमन्त्री ओलीले बताए । ‘यो कुनै अन्योलको अमूर्त कुरा होइन । मिसन ८४ भनेको नेकपा एमाले जस्तो राष्ट्रिय शक्तिलाई निर्णायक शक्ति बनाउनुपर्दछ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले एमालेको ‘मिसन–०८४’को अभियानलाई लिएर नेपाली कांग्रेससँग खेल्न खोजेको बताए । ‘हाम्रा विरोधीहरूले, प्रतिक्रियावादी शक्तिहरूले, अनेक प्रकारका जालझेल गरेर सहकार्य गरिरहेको नेपाली कांग्रेसलाई मिसन–०८४ भनेर कांग्रेसलाई सिद्ध्याउँछु भन्छ, बहुमत ल्याउँछु भन्या छ भनेर खेल्न खोजिराखेका छन्,’ प्रधानमन्त्री ओलीले भने । 

२०८४ को निर्वाचनमा एमाले मात्र नभई कांग्रेसले पनि बहुमत ल्याउँछु भन्ने गरेको उनले बताए । उनले भने, ‘तर कांग्रेसले पनि बहुमत ल्याउँछु भन्छ हामीसँग सहकार्य गर्दागर्दै पनि । हामी पनि भन्छौँ कांग्रेससँग सहकार्य गर्दागर्दै बहुमत ल्याउँछौँ । कल्ले ल्याउँछ त्यो आफ्नो ठाउँमा होला ।’ 

चुनावमा बहुमत ल्याउने दाबी हरेकले गर्ने प्रधानमन्त्री ओलीले बताए । ‘यतिसम्मकी प्रचण्ड त उहाँ ०६४ सालको जस्तै लहर आइसक्यो भन्छन् । के सपना देखेका छन् भने...,’ प्रधानमन्त्री ओलीले भने । 
 

सम्बन्धित खबर