काठमाडौं : प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ । विपक्षीको अवरोधका कारण प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको हो ।
बैठक सुरु हुनासाथ विपक्षी दलले उठेर विरोध सुरु गरेसँगै सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गरेका हुन् ।
भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन हुनुपर्ने र गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने मागसहित विपक्षीले संसद अवरुद्ध गर्दै आएका छन् ।
अवरोध हटाउन सभामुख घिमिरेसहित सत्ता र प्रतिपक्षी दलहरूबीच निरन्तर छलफल हुँदा पनि सहमति भएको छैन ।