२०८२ जेठ २८ गते बुधवार / Jun 11 , 2025 , Wednesday
२०८२ जेठ २८ गते बुधवार
Ads

चित्रबहादुर केसीको प्रश्न- पैसा कमाएका कारण वंशजको नागरिकता पाइन्छ ?

मध्यान्ह
२०८२ जेठ २७ गते १२:४८
चित्रबहादुर केसीको प्रश्न- पैसा कमाएका कारण वंशजको नागरिकता पाइन्छ ?

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पैसा कमाएकै कारण एनआरएनहरुलाई वंशजको नागरिकता दिन नहुने बताएका छन् । मंगलबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालमा नागरिकताको समस्या धेरै जटिल रहेको बताए । खुला सीमा भएका कारण भारतबाट मात्र नभइ उत्तर, दक्षिण लगायतका विभिन्न देशहरुबाट नेपालमा आउनेहरुको लर्को रहेको बताए । आमा र बुबा दुवै नेपालीबाट जन्मिएको सन्तानलाई मात्रै वंशजको आधारमा नागरिकता दिनुपर्ने उनले बताए ।

पैसा कमाएका कारणले वंशजको नागरिकता पाइन्छ ? भन्दै उनले प्रश्न गरे । गैरआवासीय नेपालीलाई सांस्कृतिक, आर्थिक अधिकार दिएपनि त्यतिले नपुगेको उनले बताए । ब्रिटिश गोरखाको हकमा पनि दुई देशबाट वंशजको आधारमा नागरिकता लिन नमिल्ने उनको भनाइ थियो ।

अध्यक्ष केसीले नेपालकालाई बाहिर लखेट्ने र बाहिरका ल्याएर नागरिकता दिनेकुरा राम्रो नहुने बताए ।

ADV

सम्बन्धित खबर