२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

सांगीतिक प्रस्तुति दिन राजु परियार कतार आउँदै

Nada
२०८१ असार २६ गते २१:१०
Shares
सांगीतिक प्रस्तुति दिन राजु परियार कतार आउँदै

दोहा, कतार : करिब २० हजारको हाराहारीमा विभिन्न भाषाका गीत गाइसकेका लोक तथा दोहोरी गायक राजु परियार कतार आउने भएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कतार शाखाले सातौं वार्षिक साधारण सभाको अवसर पारेर आयोजना गरेको बृहत् लोक तथा दोहोरी धमाका-२०२४ मा आफ्नो सांगीतिक प्रस्तुति दिन परियार कतार आउन लागेका हुन् । आफू कतार आउन लागेको परियारले सामाजिक सञ्जालबाट एक भिडियो सार्वजनिक गर्दै पुष्टि समेत गरेका छन् ।

ncell

'हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहन' भन्ने मूल नाराका साथ सन २०१७ नोभेम्बर १० मा तदर्थ समिति गठन गर्दै स्थापना भएको प्रतिष्ठान कतार शाखाले यस कार्यक्रमबाट बचेको रकमबाट कतारमा रहेका कलाकारहरूका लागि राहत कोष स्थापना गर्ने आयोजकले जनाएको छ ।

कार्यक्रममा नेपाली समुदायमा प्रचलित मौलिक लोक नृत्यहरुसँगै, नौमती बाजा सहित संस्थामा आबद्ध रहेका कलाकारहरूको समेत सांगीतिक प्रस्तुति दिने गरी कार्यक्रमको तयारीलाई अन्तिम चरणमा पुर्‍याइएको संस्थाका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक कृष्ण ढकालले मध्यान्ह दैनिकलाई जानकारी दिए । ढकालले कार्यक्रममा जान आउनका लागि निःशुल्क मुन्तजा पार्क, ग्राण्डमल र अलत्तिया सनैयाबाट बिहान १० बजे र होम सलाल अलि बाट बिहान १०:३० बजे यातायातको व्यवस्था गरिएको बताए ।

हरेक शुक्रबार गायन, नृत्य तथा वाद्यवादन विधामा प्रशिक्षण दिँदै आएको प्रतिष्ठानले प्रशिक्षणलाई फराकिलो रूपमा अगाडी बढाउने र कलाकारको हितमा काम गर्ने लक्ष्य लिएको शाखा कतारका अध्यक्ष शिवराम ढकालले बताए । अल लक्तामा रहेको ट्युनिसियन स्कुलको कभर्डहलमा आउँदो शुक्रबार १२ तारिक बिहान११ बजेदेखि कार्यक्रम शुरु हुने कार्य तालिका रहेको छ । थप जानकारीका लागि कार्यक्रम संयोजकलाई ७०७२९९२४ मा सम्पर्क गर्न सकिनेछ ।

ताजा खबर

सम्बन्धित खबर