२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

युवकको छुरा प्रहार गरी हत्या, दुई जना पक्राउ

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ असार २६ गते २२:००
युवकको छुरा प्रहार गरी हत्या, दुई जना पक्राउ

रौतहट : रौतहटको ईशनाथ नगरपालिकामा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । ईशनाथ  ९ लवातना गाउँका कईममिया मन्सुरीका छोरा १७ वर्षीय सहबाज मिया आलमको हत्या भएको हो । पेटमा धारिलो हतियार छुरा र रड प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

ईशनाथ २ औरेया स्थित आँपको बगैँचामा युवक घाइते अवस्थामा देखेर मंगलबार राति साढे ९ बजे स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटबाट इन्स्पेक्टर उमा शंकर गुप्ताको कमान्डमा १० जना र सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट औरेयाबाट इन्स्पेक्टर दिल बहादुर महराको कमान्डमा ७ जनाको संयुक्त टोली ९ बजेर ३८ मिनेटमा घटना स्थलमा पुग्दा युवकको मृत्यु भइसकेको सशस्त्र प्रहरी रौतहटले जनाएको छ ।

युवकको जघन्य हत्या भएको खबर अनुसार राति नै जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरे, जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरी सहितको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान शुरु गरेको थियो । 

मृतक आलमलाई गाउँकै केही साथीहरूले मंगलबार साँझ ७ बजे केही काम छ भनेर घरबाट बोलाएर लागेका थिए । त्यसपछि उनको पेटमा छुरा प्रहार गरी हत्या गरिएको थियो । 

हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले १८ वर्षीय दशई साह र १९ वर्षीय रोशन साहलाई पक्राउ गरेको छ । 

उनीहरुको साथबाट घटनामा प्रयोग भएको रड समेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दई जनालाई ज्यान सम्बन्धी मुद्दामा जिल्ला अदालत रौतहटबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise