काठमाडौंः दुई दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । आज सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो ।
वार्ताका क्रममा सामसामयिक राजनीति र संसद्को जारी अवरोधबारे कुरा भएको जनाइएको छ । वार्तासकिए लगत्तै संसद्का विपक्षी दलहरुको बैठक बस्ने तयारी छ ।