२०८२ असार ३० गते सोमवार / Jul 14 , 2025 , Monday
२०८२ असार ३० गते सोमवार
Ads

संसदको अवरोध हटाउन बीचको उपाय खोज्नुपर्छ : माधव नेपाल

shivam cement
मध्यान्ह
२०८२ जेठ २९ गते १५:२७
संसदको अवरोध हटाउन बीचको उपाय खोज्नुपर्छ : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदको अवरोध हटाउन बीचको उपाय खोज्नुपर्ने बताएका छन् ।

सिंहदरबारमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँगको भेटका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले सदनको अवरोध हटाउन कुनै न कुनै उपायन निकाल्नुपर्ने र अब बीचको उपाय खोजेर अघि बढ्नुपर्ने बतए । अध्यक्ष नेपाल र अध्यक्ष दाहालबीच सिंहदरबारमा पछिल्ला समसामयिक राजनीतिक, अख्तियारको मुद्दा, संसदको अवरोधका विषयमा छलफल भएको छ । 

अध्यक्ष नेपालले भने, ‘कुनै न कुनै उपाय निकाल्नुपर्छ भन्नेकुरामा नै अब बीचको उपाय खोज्ने भन्ने छ । अख्तियारको बारेमा त प्रधानमन्त्रीकै कुरा आइसकेको छ ।’

अख्तियारको मुद्दाबारे सञ्चारकर्मीले गरेको प्रश्नमा अध्यक्ष नेपालले यसबारेमा प्रधानमन्त्रीले नै बोलिसकेको बताए ।

ADV

सम्बन्धित खबर

Advertise