२०८२ जेठ ३० गते शुक्रवार / Jun 13 , 2025 , Friday
२०८२ जेठ ३० गते शुक्रवार
Ads

सदन सुचारु हुने/नहुने प्रतिपक्षको बैठक बसेपछि टुंगो लाग्छः अध्यक्ष दाहाल

मध्यान्ह
२०८२ जेठ २९ गते १५:२९
सदन सुचारु हुने/नहुने प्रतिपक्षको बैठक बसेपछि टुंगो लाग्छः अध्यक्ष दाहाल

काठमाडौंः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सदन सुचारु हुनेबारे अनविज्ञता प्रकट गरेका छन् । बिहीबार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो अनविज्ञता प्रकट गरेका हुन् ।

 केही दिनअघि संसदको गतिरोध केही दिनभित्रै अन्त्य हुने बताएका अध्यक्ष दाहालले अझैँ संसद सुचारु हुने वा नहुने भन्नेबारेमा अनविज्ञता दर्शाए । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दलसहित विपक्षी दलहरुले संसद अवरोध गर्दै आएका छन् । करिव दुई हप्ता बित्न लाग्दा समेत सदन सुचारु हुन सकेको छैन । जसबारेमा सञ्चारकर्मीहरुले गरेको प्रश्नमा अध्यक्ष दाहालले अब पुनः संसद भवनमा विपक्षी दलहरुको बैठक बस्ने र निर्णय गर्ने बताए।

उनले भने, ‘सदनको बारेमा छलफल हो । अहिले फेरि हामी प्रतिपक्षीको बैठक बस्दैछौँ । प्रतिपक्षको बैठक बसिसकेपछि थाहा हुन्छ के गर्ने भनेर ।’ 

ADV

ताजा खबर

सम्बन्धित खबर