काठमाडौं : हिमालय एयरलाइन्सले चीनबाट दुई लाख डोज खोप निःशुल्क ढुवानी गरेर काठमाडौं ल्याएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपाललाई अनुदान सहयोगस्वरुप प्राप्त दुई लाख डोज भेरोसेल खोप निःशुल्क ढुवानी गरेको जनाएको छ ।
हिमालय एयरलाइन्सले जेठ १८ र १९ गते गरी तिब्बतको कुनमिङ सहरमा चारपटक उडान गरी ती खोपहरु ढुवानी गर्नेछ । हिमालयका ती उडानहरुले भेरोसेल खोपका दुई लाख डोजका जम्मा ४१७ वटा बाकसहरु निःशुल्क ढुवानी गर्नेछन् । प्रत्येकपटकको उडानमा हिमालयको एयरबस जहाजले अधिकतम १०५ वटा खोपका बाकसहरु बोक्ने जनाइएको छ ।
निःशुल्क उडानहरुमध्येका पहिलो कार्गो उडान काठमाडौंबाट सोमबार गएर मंगलबार त्रिभुवन अन्त्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । ती निःशुल्क कार्गो उडान सञ्चालन गर्दा हिमालयले करिब दुई करोड २५ लाख बराबरको आर्थिक योगदान पु¥याउने कम्पनीले जनाएको छ ।
“कोभिड–१९ महामारीविरुद्घ लड्न नेपाल सरकार र राष्ट्रलाई सहयोग पु¥याउन हिमालय एयरलाइन्स तथा सम्बद्घ समूहका लागि यो एक ऐतिहासिक क्षण हो । राष्ट्रिय संकटको महत्वपूर्ण समयमा यी निःशुल्क कार्गो उडानहरु सञ्चालन गर्नु हाम्रा लागि वास्तवमै गौरवको विषय पनि हो,” हिमालय एयरलाइन्सका अध्यक्ष झो एन्योङले भने । यस्तै, कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले कोभिड–१९ संक्रमणको दोस्रो महामारीका समयमा हिमालयले राष्ट्र सेवामा पु¥याएको यो सानो तर, महत्वपूर्ण योगदान भएको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies