२०८२ जेठ ३१ गते शनिवार / Jun 14 , 2025 , Saturday
२०८२ जेठ ३१ गते शनिवार
Ads

पार्टी कार्यालयलाई अपांगतामैत्री बनाउँछु : सभापति देउवा

मध्यान्ह
२०८२ जेठ ३० गते १३:३८
पार्टी कार्यालयलाई अपांगतामैत्री बनाउँछु : सभापति देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी कार्यालयलाई अपांगतामैत्री बनाइने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अपांगता भएका व्यक्तिहरुलाई पार्टी कार्यालयमा माथि चढ्न समस्या भएको गुनासो आएको भन्दै पार्टीका पदाधिकारीहरुसँग कुरा गरेर माथिसम्मै ह्वीलचेयर जानसक्ने व्यवस्था गर्ने बताए ।

उनले अबको बाटो संकल्प र कार्यान्वयनको भएको बताए । उनले अब बोल्ने नभइ काममा ध्यान दिनुपर्ने बताए । पार्टी संरचनामा अनिवार्य प्रतिनिधित्व सुनिश्चितता गर्ने कुरामा लाग्ने उनले बताए ।

सबै तहमा डिजिटल पहुँच सुधार गर्न ध्यान दिने पनि उनले बताए  । उनले पार्टीको नीति तथा घोषणापत्रहरुमा अपांगताका सवालहरु स्पष्ट रुपमा उल्लेख गर्ने प्रतिबद्धता जनाए । 

सभापति देउवाले अपांगता भएका व्यक्तिहरुलाई हिनतावोध नगरी आफ्नो काममा लाग्न आग्रह गरे ।

ADV

सम्बन्धित खबर