काठमाडौंः इरानका सर्वोच्च नेता अली खामेनीले शुक्रबार इरानमा इजरायली हवाई आक्रमणपछि इजरायलले कडा सजाय पाउने चेतावनी दिएका छन् ।
इजरायलले आक्रमणको मूल्य चुकाउनुपर्ने उनको भनाइ छ । इरानी सशस्त्र बलका प्रवक्ता अबोलफजल शेखारचीले सरकारी सञ्चारमाध्यममा दिएको अन्तर्वार्तामा इजरायलले कारबाहीको लागि ठूलो मूल्य चुकाउने बताए ।
इरानको इस्लामिक रिभोलुसन गाड्र्स कोप्र्सका प्रमुख कमाण्डर हुसेन सलामी, इरानी सशस्त्र बलका प्रमुख मोहम्मद बघेरी र इरानको खातम अल–अन्बिया केन्द्रिय मुख्यालयका कमाण्डर घोलम अली रशिदसहित धेरै वरिष्ठ सैन्य कमाण्डरहरूको हवाई आक्रमणमा मारिएका छन् । इजरायली हवाई आक्रमणमा कम्तिमा दुई इरानी आणविक वैज्ञानिकहरू पनि मारिएका छन् । जसलाई मोहम्मद मेहदी तेहरानची र फेरेदौन अब्बासी भनेर चिनिन्छ ।