२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

प्रत्यक्ष रुपमा सभापति छान्ने व्यवस्था गरे पार्टीमा गुटबन्दी अन्त्य हुन्छः महामन्त्री थापा

Nada
२०८२ जेठ ३१ गते १२:०१
Shares
प्रत्यक्ष रुपमा सभापति छान्ने व्यवस्था गरे पार्टीमा गुटबन्दी अन्त्य हुन्छः महामन्त्री थापा

काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सबै क्रियाशिल सदस्यहरुबाट प्रत्यक्ष रुपमा सभापति छान्ने व्यवस्था गरे पार्टीमा गुटबन्दी अन्त्य हुने बताएका छन् । नेपाली काग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ प्रदेश ‘क’ काठमाडौंको तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

ncell

उनले क्रियाशिल सबै सदस्यहरुबाट सभापति चुन्ने व्यवस्था पार्टीको गुटबन्दी खत्तम गर्ने एउटा अचुक अस्त्र रहेको बताए। उनले अहिले नेपाली कांग्रेसमा ८ लाख ६६ हजार क्रियाशिल सदस्य रहेको बताए । उनले क्रियाशिल सबै सदस्यहरुबाट कांग्रेसको सभापति छान्ने व्यवस्था गर्नसके गुट ध्वस्त हुने जिकिर गरे ।

महामन्त्री थापाले भने, ‘सबै साथीहरु तयार हो भने पार्टीको गुटबन्दी खत्तम गर्ने एउटा अचुक अस्त्र छ । नेपाली कांग्रेसमा ८ लाख ६६ हजार क्रियाशिल सदस्य छौँ । यो पटक अलिकति रिन्यु गर्ने सबै गर्दा नयाँ थपिँदा मानौँ १२ लाख भयो रे ल । हाम्रो पार्टीको अधिवेशनमा के हुन्छ, १२ लाख क्रियाशिल मान्छे एकै पटक जान्छ र बुथमा गएर हामी आफ्ना प्रतिनिधि छान्छौँ । त्यो छानिएको प्रतिनिधिले अर्को प्रतिनिधि छान्दै छान्दै गएर काठमाडौंमा हामी ५ हजार मान्छेको महाधिवेशन गर्छौँ । १२ लाख मान्छेलाई यदी हामी बुथमा निकाल्छौँ र उसलाई हामी अधिवेशनमा टिक लगाउन दिन्छौँ भने यत्रो प्रविधिको जमाना छ । किन त्यो १२ लाख मान्छेले अप्रत्यक्ष निर्वाचन गरेर प्रतिनिधि छान्ने । सिधै त्यो १२ लाख मान्छेले कांग्रेसको सभापति छान्ने व्यवस्था गरौँ त ल । १२ लाख मान्छेबाट निर्वाचित भएको कांग्रेसको सभापतिले जसले गुट बनायो त्यो ध्वस्त । त्यो सकियो । होइन भने गुट त बन्छ, जति भाषण गरे पनि ।’

महामन्त्री थापाले माथिदेखि तलसम्म गुटले पार्टीलाई ध्वस्त बनाएको जिकिर गरे ।

ताजा खबर

सम्बन्धित खबर