२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

टेक्सासमा बाढीका कारण १० जनाको मृत्यु

shivam cement
२०८२ जेठ ३१ गते १२:२१
Shares
टेक्सासमा बाढीका कारण १० जनाको मृत्यु

काठमाडौंः दक्षिणी अमेरिकी राज्य टेक्सासमा भारी वर्षाका पछि आएको बाढीका कारण कम्तिमा १० जनाको मृत्यु हुनुका साथै धेरै व्यक्तिहरू बेपत्ता भएको अधिकारीहरूले जनाएका छन् ।  

केएनएसका अनुसार टेक्सासको सान एन्टोनियो सहरमा वर्षा पछि सडकहरूमा बाढी आउदाँ सवारी साधनहरू समेत अवरुद्ध भएको जनाइएको छ ।  

सान एन्टोनियो फायर विभागले पीडितहरूको खोजी गरिरहेको जनाइएको छ । हालसम्म मृतकको सङ्ख्या दश पुगेको सहरका अधिकारीहरूले पुष्टि गरेका छन ।  

सान एन्टोनियो मेयर रोन निरेनबर्गले सामाजिक सञ्जाल एक्समा बाढीमा ज्यान गुमाएका हरूको खोजी जारी राख्ने बताए । सहरका अधिकारीहरूले बाढी प्रभावितको उद्धार र अनुसन्धान भइरहेको बताएका छन् । 

वैज्ञानिकहरूले लामो समयदेखि मानव निर्मित जीवाश्म ईन्धन उत्सर्जन द्वारा सञ्चालित जलवायु परिवर्तनले उच्च वर्षा जस्ता चरम मौसम घटनाहरूको सम्भावना बढाइरहेको चेतावनी दिएका छन् । 

ताजा खबर

सम्बन्धित खबर