२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

राजनीतिक दलहरुले सकारात्मक सन्देश दिन सक्नुपर्छः मन्त्री पौडेल

Nada
२०८२ जेठ ३१ गते १३:२७
Shares
राजनीतिक दलहरुले सकारात्मक सन्देश दिन सक्नुपर्छः मन्त्री पौडेल

काठमाडौंः स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं कांग्रेस नेता प्रदीप पौडेलले राजनीतिक दलहरुले सकारात्मक सन्देश दिनसके मात्रै लोकप्रिय बनिने बताएका छन् । नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ प्रदेश ‘क’ काठमाडौंको तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

ncell

उनले आज सानो त्रुटीले मात्रै पनि निर्वाचनमा जनमत र पार्टीको लोकप्रियता घट्ने अवस्था रहेको बताए । यसबारेमा नेतृत्व गम्भीर बन्न नसकेको उनको आरोप छ । अहिलेको समय प्रविधिकरणको भएकाले भौतिक रुपमा भेटेरै सबै कुरा गर्नुपर्छ भन्ने नरहेको बताए । कांग्रेस पार्टीको केन्द्रीय समितिले गर्ने निर्णयले पार्टी लोकप्रिय हुने, आलोचित हुने, पार्टीको विषयहरुमाथि टिका टिप्पणीहरु हुने वा नहुने स्थिति निर्माण हुने बताए ।

मन्त्री पौडेलले भने, ‘आजको समाजमा राजनीतिक पार्टीले सकारात्मक म्यासेज दिनसक्यो भने मात्रै त्यो पार्टी लोकप्रिय हुनसक्छ । आज सानो त्रुटी गरियो भनेपनि हाम्रो भोट घट्छ । पार्टीको लोकप्रियता घट्छ । हाम्रो नेतृत्वले कहिले कहीँ यो कुरा ख्याल नगरेको जस्तो देखिन्छ । यो आजको समय हिजोको जस्तो होइन । यो प्रविधिकरण भएको समय हो । आज भौतिक रुपमा भेटेर सबै कुरा गर्नुपर्छ भन्ने छैन । त्यसैले संसार धेरै साँघुरिएको छ । हाम्रो देश पनि साँघुरिएको छ । कांग्रेस पार्टीको केन्द्रीय समितिले गर्ने निर्णयले पार्टी लोकप्रिय हुने, आलोचित हुने, पार्टीको विषयहरुमाथि टिका टिप्पणीहरु हुने वा नहुने स्थिति निर्माण हुन्छ ।’

मन्त्री पौडेलले निजी क्षेत्रलाई सम्पूर्ण रुपमा बेवास्ता गरेर आर्थिक उन्नति गर्न नसकिने बताए। आर्थिक विषय नजोडिएको राजनीतिक विषय हुन नसक्ने जिकिर गरे । 

ताजा खबर

सम्बन्धित खबर