२०८२ असार १ गते आइतवार / Jun 15 , 2025 , Sunday
२०८२ असार १ गते आइतवार
Ads

‘देशको बृहत्तर हितका लागि एमाले र कांग्रेसबीच सहकार्य आवश्यक छ’

मध्यान्ह
२०८२ जेठ ३१ गते १६:४३
‘देशको बृहत्तर हितका लागि एमाले र कांग्रेसबीच सहकार्य आवश्यक छ’

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकको राजनीतिक स्थायित्व र विकासका एमाले र नेपाली कांग्रेसबीच सहकार्य आवश्यक भएको बताएका छन् । 

प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी दल भए पनि मुलुकको बृहत्तर हितका लागि द्विदलीय साझेदारी आवश्यक भएको बताए ।  

“कांग्रेस र हामी मुख्य प्रतिस्पर्धी दल पनि हौँ । लोकतन्त्रका ‘स्टेक होल्डर’ पनि हौँ”, उनले भने, “प्रतिस्पर्धा र सहकार्य सँगसँगै गर्छौं । हामीबीच सहकार्य आवश्यक छ । ”उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि निजी क्षेत्रमा आशा बढेको र रोकिएका विकासका काम अगाडि बढेको बताए। 

उपमहासचिव ज्ञवालीले संविधान समयअनुसार लचिलो बनाउन परिमार्जन आवश्यक रहेको बताए । उनले सबै वामपन्थी दलबीच एकता हुनुपर्नेमा जोड दिए । 

एमाले निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले लोकतान्त्रिक विधिअनुसार निर्वाचनमा प्रतिस्पर्धा हुनुपर्ने बताए । 

एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले न्यायालयप्रति जनविश्वास बढाउनेतर्फ हरेक पार्टी कार्यकर्ताले काम गर्नुपर्ने धारणा व्यक्त गरे । संगठनका अध्यक्ष भोजराज आचार्यले पार्टीलाई कानुनसम्बन्धी सहयोग संगठनबाट उपलब्ध हुँदै आएको बताए। सम्मेलनले नयाँ कार्यसमिति चयन गर्नेछ । 
 

ADV

सम्बन्धित खबर