२०८२ असार १ गते आइतवार / Jun 15 , 2025 , Sunday
२०८२ असार १ गते आइतवार
Ads

संसद अवरुद्ध गर्नु जनताको अधिकार बन्धक बनाउनु हो : कांग्रेस

मध्यान्ह
२०८२ असार १ गते १२:१८
संसद अवरुद्ध गर्नु जनताको अधिकार बन्धक बनाउनु हो : कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिशोध राखेर संसदमा विरोध गरिरहेको बताएका छन् । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सहमतिमा आइसकेपछि पनि प्रतिशोध राखेर संसद अवरुद्ध गरिनु राम्रो नरहेको बताए । उनले रास्वपाले समय तोकेर अनुसन्धानको प्रक्रिया अघि बढाउने माग राखेको र गृहमन्त्री रमेश लेखकले संसदमा सम्बोधनका क्रममा एक महिनाभित्र प्रक्रिया अघि बढाउने बताइसकेपछि पनि संसद अवरुद्ध पार्नु राम्रो नभएको जिकिर गरे ।

प्रमुख सचेतक घिमिरेले प्रतिशोध साध्ने हिसावले संसदलाई प्रयोग गर्न नमिल्ने बताए । उनले संसदलाई अवरुद्ध गर्नु र वन्धक बनाउनु भनेको सार्वभौम आम जनताको अधिकार बन्धक बनाउनु रहेको बताए । संसद आफ्नो नियमावलीअनुसार सञ्चालन हुने बताए ।

ADV

सम्बन्धित खबर