२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

माओवादीले छेपारो झैं रङ फेर्‍यो, हामी सदन चल्न दिँदैनौं : राप्रपा

Nada
२०८२ असार १ गते १२:२६
Shares
माओवादीले छेपारो झैं रङ फेर्‍यो, हामी सदन चल्न दिँदैनौं : राप्रपा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले छानबिन समिति नबन्दासम्म संसदमा अवरोध जारी राख्ने बताएका छन् । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

ncell

उनले गृहमन्त्री रमेश लेखक संसदमा शुक्रबार सम्बोधनका क्रममा धम्कीपूर्ण रुपमा प्रस्तुत भएको बताए । उनले राप्रपाले मानव बेचबिखनको अनुसन्धान चाहेको बताए । अहिलेका गृहमन्त्री लगायत यसअघिका गृहमन्त्री पनि छानबिनको दायरामा आउनुपर्ने उनको भनाइ थियो ।

प्रमुख सचेतक शाहीले माओवादीले छेपारो झैं रङ फेरेको आरोप लगाउँदै माओवादीसँग सहकार्य गरेर संसदका काम कारबाहीमा आफूहरु अघि नबढ्ने स्पष्ट पारे । 

ताजा खबर

सम्बन्धित खबर