२०८२ असार ३ गते मङ्गलवार / Jun 17 , 2025 , Tuesday
२०८२ असार ३ गते मङ्गलवार
Ads

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

shivam cement
मध्यान्ह
२०८२ असार ३ गते ११:१९
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।  

आज सुन तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेर एक लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार सुन तोलामा एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदी मूल्य पनि घटेको छ । आज चाँदी पाँच रुपैयाँले घटेर दुई हजार एक सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

सोमबार चाँदी दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भएको थियो । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise