२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

Nada
२०८२ असार ५ गते १५:०७
Shares
पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

काठमाडौं : पर्यटन व्यवसायमा महिला सहभागिता अभिवृद्धि गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल पर्यटन बोर्ड र महिला पर्यटन व्यवसायी सञ्जालको संयुक्त आयोजनामा भएको व्यवसायीहरुको क्षमता तथा व्यवसाय प्रवर्द्धनका लागि प्रशिक्षण कार्यक्रमका बक्ताहरुले आयआर्जन, रोजगारी सिर्जना र आर्थिक सबलीकरणका लागि पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्ने धारणा राखेका छन् । 

सञ्जालकी अध्यक्ष निर्मला धमलाको सभापतित्वमा भएको सो समारोहमा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा, महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञावाली, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिं ऐर, नेपाल ट्रेकिङ एजेन्ट्स एसोसिएसनका अध्यक्ष सागर पाण्डे, नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुर पाण्डे, नाट्टाका वरिष्ठ उपाध्यक्ष जिसुवा तुलाधारलगायतले पर्यटन व्यवसायका विभिन्न क्षेत्रहरुमा महिलाले विशिष्ट योगदान दिनसक्ने हुँदा उनीहरुलाई यसतर्फ आकर्षित गराउन सरकार र निजी क्षेत्रबाट ठोस योजना र कार्यक्रम ल्याउनुपर्ने बताए ।

तीन दिनसम्म सञ्चालन गरिएको सो प्रशिक्षणमा पर्यटनमा महिलाहरु संलग्न हुनसक्ने क्षेत्रहरुको पहिचान, कम्पनी सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया, कर प्रणालीलगायतका विषयमा छलफल भएको सञ्जालकी उपाध्यक्ष जया बरालले जानकारी दिए । प्रशिक्षणमा विभिन्न संघसंस्थामा संलग्न ५५ जना महिलाको सहभागिता रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर