काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्सले १५ प्रतिशत लाभांश पारित गरेको छ । ३७ औँ इन्स्योरेन्सको ३७ औँ वार्षिक साधारणसभाले हाल कायम चुक्तापुँजीको १० प्रतिशतका दरले हुन आउने ५२ करोड १२ लाख १३ हजार ३०८.२० रुपैयाँबराबरको नगद लाभांश र ५ प्रतिशतका दरले हुन आउने २६ करोड ६ लाख ६ हजार ६५४.१० रुपैयाँबराबरको बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको छ ।
यसैगरी शेयर र नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.७८९४७३ प्रतिशतका दरले ४ करोड ११ लाख ४८ हजार ४१८.७० रुपैयाँ लांभाशबाट समायोजन गर्ने प्रस्ताव समेत साधारणसभाले अनुमोदन गरेको छ । कम्पनीको हालको चुक्तापुँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार ८२ रुपैयाँ छ । बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब ४७ करोड २७ लाख रुपैयाँ नाघ्नेछ ।
साधारणसभाका लागि कम्पनीको चुक्तापुँजी वृद्धि गरी स्वीकृत प्रबन्धपत्रको दफा ८ (ग) तथा नियमावलीको नियम ४ (ग) थप संशोधन गर्ने, कम्पनी ऐन २०६३ को दफा १०५ (१) ग बमोजिम आर्थिक वर्ष २०८०÷८१ मा भएको खर्च अनुमोदन गरेको छ । संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकाय वा नियमनकारी निकायवाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सोअनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावमाथि पनि छलफल गरेको छ ।
यसैगरी साधारणसभाले सञ्चालक समितिको कुल ५ जना सञ्चालकको निर्वाचन गरेको छ । संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गरेको छ ।सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ ।