ललन कुमार चौरसिया/मध्यान्ह
रौतहट : रौतहट जिल्लामा एक महिलालाई ज्यान मर्ने उद्देश्यका साथ कुटपिट गरि फालेको अवस्थामा भेटिएको छ ।
रौतहट जिल्लाको माधवनारायण नगरपालिका वडा नं ५ टोल मिठुआवामा बस्ने सरपति देबीलाई ज्यान मर्ने उद्देश्यले कुटपिट गरि फालेको अवस्थामा भेटिएको हो ।
स्थानीयहरुले महिलालाई फालेको अवस्थामा देखेर प्रहरीलाई जनकारी गराएका थिए । घाइते महिलाको चन्द्रपुरस्थित सिभिल हस्पिटलमा उपचार भइरहेको छ । उक्त महिलाको जिउ र टाउकोमाथि धारिलो हतियार प्रहार गरिएको प्रहरीले जनाएको छ ।
घाइते महिलाको जिउ तथा टाउकोमा कम्तीमा १०० भन्दा बढी टाका लगाइएको छ ।
यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाको डिएसपी द्वारिका घिमिरेले जनकारी दिएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies