२०८२ असार ७ गते शनिवार / Jun 21 , 2025 , Saturday
२०८२ असार ७ गते शनिवार
Ads

नाइजेरियामा आइएसआइएसको आक्रमण, ३४ सैनिकको मृत्यु

shivam cement
मध्यान्ह
२०८२ असार ७ गते १७:०७
नाइजेरियामा आइएसआइएसको आक्रमण, ३४ सैनिकको मृत्यु

काठमाडौँ : नाइजेरियाको दक्षिण पश्चिमी भागमा, मालीको सीमा नजिकै रहेको सैनिक अड्डामा इस्लामिक स्टेट (आइएसआइएस)ले गरेको सशस्त्र आक्रमणमा कम्तीमा ३४ जना सैनिकको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

रक्षा मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा आक्रमण बिहीबार बानी बङगौको क्षेत्रमा भएको जनाएको छ । उक्त आक्रमणमा आक्रमणकारीहरूले आठ वटा गाडी र २०० भन्दा बढी मोटरसाइकल प्रयोग गरेका थिए । आक्रमणपछि सेनाले उक्त क्षेत्रलाई सुरक्षित गर्न हवाई र स्थलबाट सर्वेक्षण सुरु गरेको बताइएको छ ।

आइएसले आफ्ना तर्फबाट जारी गरेको विज्ञप्तिमा उक्त आक्रमणको जिम्मेवारी लिएको छ । मन्त्रालयले थप विवरणहरू पर्खिरहेको बताएको छ ।

यस घटनाले क्षेत्रीय सुरक्षा अवस्थाको गम्भीरता झल्काउँछ भने सुरक्षा बलहरू अझ सर्तक बन्नुपर्ने आवश्यकतालाई उजागर गरेको छ ।

ADV

सम्बन्धित खबर

Advertise