काठमाडौँ : अमेरिकाले इरानमाथि आक्रमण सुरु गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार अमेरिकी सेनाले इरानमाथि आक्रमण गरेको बताएका हुन् ।
सामाजिक सञ्जाल मार्फत ट्रम्पले दिएको जानकारी अनुसार अमेरिकाले फोर्डो, नातान्ज र इस्फहानमा रहेको इरानी आणविक केन्द्रहरूमा आक्रमण गरेको बताए ।
उनले सामाजिक सञ्जाल ट्रुथमा भनेका छन्, ‘हामीले फोर्डो, नातान्ज र इस्फहान सहित इरानका तीन आणविक केन्द्रहरूमा हाम्रो धेरै सफल आक्रमण पूरा गरेका छौँ । सबै विमानहरू अब इरानको हवाई क्षेत्र बाहिर छन्’। फोर्डोमा बम खसालिएको उल्लेख गर्दै उनले आफ्ना सबै विमानहरू आक्रमणपछि सकुशल फर्किएको भन्दै सफल आक्रमणका लागि अमेरिकी सेनालाई बधाई दिएका छन् ।
इजरायलले यही जुन १३ मा इरानमा आक्रमण गरेपछि दुई देशबीच युद्ध जारी छ । यस क्रममा अहिलेसम्म इरानमा ६५७ जनाको मृत्यु भएको र २००० भन्दा बढी घाइते भएको रिपोर्ट सार्वजनिक भएको छ ।